२०८२ फाल्गुन २८
नेपाली समय

रुपन्देही–४ मा रास्वपाको उदय, कन्हैया बनिया प्रतिनिधिसभामा निर्वाचित

२०८२ फाल्गुन २३, शनिबार ०९:२२

Advertisement 1

रुपन्देही

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया ७ हजार ८ सय ४ मतान्तरले विजयी हुनुभएको छ।

Advertisement 2

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्नुभएको हो।

निर्वाचन अधिकृत टोप बहादुर विष्टका अनुसार विजयी बनियाले २८ हजार ६६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमाले उम्मेदवार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको थियो।

Advertisement 3

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका थिए। तीमध्ये फागुन २१ गते सम्पन्न मतदानमा ७७ हजार ३ सय ९३ जनाले मतदान गरेका थिए, जुन करिब ६६ प्रतिशतभन्दा बढी मतदान हो।

यस क्षेत्रमा रहेका ४८ मतदान स्थलका १३३ मतदान केन्द्रबाट संकलित मतपेटिका कोटहीमाई गाउँपालिका–५, मझगावाँस्थित निर्वाचन कार्यालयमा ल्याई मतगणना गरिएको थियो। मतगणना बिहीबार राति १ बजेबाट सुरु भई शनिबार बिहान ५ बजेसम्म सम्पन्न भएको निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभयो।

धेरै पढिएको

सम्बन्धित समाचार