२०८३ बैशाख १८
नेपाली समय

नागरिक सहभागिता कमजोरऔपचारिकतामै सीमित भयो सार्वजनिक सुनुवाइ

२०८३ बैशाख १७, बिहीबार २१:४८

Advertisement 1

दिनेश प्रसाद लोध, लुम्बिनी

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सर्वजनिक सुनुवाइमा नगरिक भन्दा कार्मचारीको उपस्तिथि बढी रहेको पइएको छ ।

Advertisement 2

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीहरुले अपेक्षा गरे अनुसार न्यून सहभागिता देखिएको छ भने कर्मचारीहरूको उपस्थिति उल्लेख्य रूपमा बढी रहेको पाइएको छ। स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको १३ वडा र 80 हजार भन्दा बढी जनसख्या भएको नगरपालिकाको कार्यक्रममा 15–20 नागरिकको उपस्थिति देखिनुले पालिकाको सर्वजनिक सुनुवाइ भन्ने कि नभन्ने प्रश्न खडा भएको छ।

सार्वजनिक सुनुवाइमा सहभागिता कमी हुनुका पछाडि विभिन्न कारणहरू देखिएका छन्। कार्यक्रमबारे पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै नगरवासीसम्म र पत्रकारलाइ समेत जानकारी पुग्न सकेको छैन। साथै यस अघि गुनासो राख्दा गुनासोको कुनै सुनुवाइ नभएकोले सर्वजनिक सुनुवाइमा गुनासो राख्दा पनि केही हुँदैन भन्ने सोचले नागरिकहरू निरुत्साहित भएका छन्। उचित समय र स्थानको छनोट नहुँदा पनि सहभागी हुन कठिनाइ भएको देखिन्छ। यसका साथै, अघिल्ला कार्यक्रमहरू प्रभावकारी नभएको अनुभवका कारण नागरिकहरू पुनः सहभागी हुन इच्छुक देखिएका छैनन्। यी सबै कारणहरूले गर्दा सार्वजनिक सुनुवाइमा नगरवासीहरुको सक्रिया उपस्थिति नगरपालिकाले नै गराउन नखोजेको देखिएको छ।

Advertisement 3

नगर पालिकाले नगरवासीका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम वैशाख महिनाको करिब ५० डिग्री तापक्रममा खुला चौरमा सामान्य चिया–बिस्कृटमै सीमित गरिएको, तर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूका लागि भने एसी भएको कोठामा मासु–भातसहित कार्यक्रम आयोजना गरिनु आम नागरिकमाथि विभेद भएको समाजसेवी कसीम खानले आरोप लगाएका छन्। उनले भने नगरपालिकाले आफ्ना कार्यक्रमहरूमा समान व्यवहार गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

जलेश्वर पब्लिक मिडिया प्रा.लि.द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम चलिरहेको अवस्थामा टेन्ट हाउसका मालिकले बुक गरिएको समयभन्दा अगावै टेन्ट र कुर्सी हटाएपछि कार्यक्रम प्रभावित बनेको थियो।

कार्यक्रमका लागि दिउँसो १२ बजेसम्मका लागि 11 हजारमा टेन्ट तथा कुर्सी बुक गरिएको भए पनि कार्यक्रम जारी रहँदाहुँदै ती सामग्री उखेलेर लगिँदा वातावरण खल्लो बनेको सहभागीहरूले बताएका छन्।

यस विषयमा वसीउद्दीन मुसलमानले आपत्ति जनाउँदै कार्यक्रमको गरिमा र व्यवस्थापनमा असर पुगेको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो व्यवहारले सार्वजनिक सुनुवाइ कार्यक्रमको मर्यादा घटाएको महसुस गरिएको छ।

यसअघि आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार शिशिर मिश्राले बजेट अभाव भए आफूलाई जानकारी गराउन आग्रह गर्दै यस्ता कार्यक्रम एक्लैले पनि आयोजना गर्न सक्ने बताएका थिए। तर त्यसका बाबजुद पनि आज सार्वजनिक सुनुवाइ कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन हुन नसकेको भन्दै अपत्ति जनाएको छ।नगरवासीकै कार्यक्रममा बजेटको अभाव हुनु कार्मचारी र जनप्रतिनिधि नियत माथि प्रश्न उठेको उनले बताए ।

स्थानीयवासीहरूका अनुसार कार्यक्रम व्यवस्थापन कमजोर हुँदा सार्वजनिक सुनुवाइ खल्लो बन्नुका साथै नगरवासीहरूको सम्मानमा समेत असर पुगेको अनुभूति गरिएको छ। उनीहरूले यस्तो अवस्थाले जनतामुखी कार्यक्रमको उद्देश्य नै ओझेलमा परेको बताएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार