२०८२ फाल्गुन २९
नेपाली समय

मायादेवी गाउँपालिकाका विभिन्न स्थानमा भोलि आशीष शर्माको भेटघाट कार्यक्रम

२०८२ फाल्गुन २९, शुक्रबार १३:३२

समाचार:✍️रोहित वरुण

Advertisement 1

कपिलवस्तु क्षेत्रका सक्रिय युवा तथा स्वतन्त्र अभियानसँग जोडिएका आदरणीय दाजु आशीष शर्माको भोलि मिति २०८२ फाल्गुन ३० गते, शनिवार मायादेवी गाउँपालिकाका विभिन्न स्थानहरूमा जनभेटघाट कार्यक्रम आयोजना गरिएको छ। जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, विकासका आवश्यकता र जनभावना बुझ्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको बताइएको छ।

निर्धारित तालिका अनुसार कार्यक्रम यस प्रकार रहेको छः

Advertisement 2

९:०० बजे — वडा नं. ३, फुलिका सामुदायिक भवन

१०:०० बजे — वडा नं. १, क्षत्रपाली त्रिथा देवी मा.वि.

Advertisement 3

११:०० बजे — वडा नं. ६, डुमरा चोक

१२:०० बजे — वडा नं. २, बडकी मनखोरिया मन्दिर

१:०० बजे — वडा नं. ८, जमुनी सरस्वती बुद्धज्योति विद्यालय

२:०० बजे — वडा नं. ४, पिपरा गाउँ

३:०० बजे — वडा नं. ५, सिसहनिया कोट स्कुल

४:०० बजे — वडा नं. ७, नौडिहवा

कार्यक्रममार्फत स्थानीय बासिन्दासँग भेटघाट, सुझाव संकलन तथा समसामयिक विषयमा छलफल गरिने जनाइएको छ। आयोजक पक्षले सम्बन्धित स्थानका सम्पूर्ण स्थानीय बासिन्दालाई उपस्थित भई आफ्नो कुरा राख्न र कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध समेत गरेको छ।

जनतासँग नजिकिएर प्रत्यक्ष संवाद गर्ने यो अभियानले स्थानीय स्तरमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार