२०८३ श्रावण ११
नेपाली समय

विशेष

नदीमा दाउरा बटुल्न गएका एक युवक बेपत्ता 

२०७८ भाद्र ११, शुक्रबार १५:०१

ज्ञानेश्वर उपाध्याय साउन ११ मर्चवार । रुपन्देही दक्षिणी क्षेत्रको मर्चवारमा दाउरा बटुल्न दानव नदिमा छिरेका एक युवा बेपत्ता भएका छन् । दानव नदिले बगाएर ल्याएको दाउरा टिप्न गएका ती युवा बेपत्ता भएका हुन ! बेपत्ताहुने ती युवा मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं ३ भटौली का २३ वर्षीय बब्लु लोध हुन ।

बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन् । शुक्रबार बिहान साढे ५ बजे बुबा राजेन्द्र लाेधसँगै दाउरा भेला गर्न गएका बब्लु बाढीमा परी बेपत्ता भएकाे सामुदायिक विपद् व्यवस्थापन राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मीले जानकारी दिए ।

 

दाउरा भेला गर्ने क्रममा बाढीमा परी बेपत्ता भएपछि उनकाे खाेजी तीव्र पारिएकाे इलाका प्रहरी कार्यालय मर्चवारले जनाएकाे छ । प्रहरी टाेली र स्थानीयबासीहरू खाेजीमा जुटे पनि उनकाे पत्ता नलागेकाे प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125