सुद्धोधन, रूपन्देही – २०८२ जेठ १४
सुद्धोधन गाउँपालिका–१ स्थित शिशै माध्यमिक विद्यालयमा लागू औषध दुर्व्यसन नियन्त्रणसम्बन्धी १ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

‘Say No To Drugs’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय, रन्यौरा र सिर्जनशील संस्था नेपालको समन्वय तथा सहकार्यमा सम्पन्न भएको हो।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानियवासीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रन्यौराका प्रतिनिधिहरूले लागू औषधको प्रकार, त्यसको दुष्परिणाम, र त्यसबाट बच्ने उपायहरूबारे जानकारी गराएका थिए। साथै, सिर्जनशील संस्था नेपालका वक्ताहरूले युवामा बढ्दो दुर्व्यसन प्रवृत्तिलाई नियन्त्रण गर्न अभिभावक, विद्यालय र समुदायको भूमिकामाथि प्रकाश पारे।
कार्यक्रमको उद्देश्य युवालाई नकारात्मक बाटोबाट जोगाएर सकारात्मक जीवनशैलीतर्फ अभिमुख गराउनु रहेको आयोजक संस्थाले जनाएको छ।
स्थानीय स्तरमा यस्ता कार्यक्रम निरन्तर भइरहँदा समाजमा लागू औषध विरुद्धको चेतना झन बलियो हुने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्