चैत्र ०१, कपिलवस्तु।
स्वास्थ्यको लागि खेल भन्ने मूल नाराको साथ जानकी युवा क्लबको आयोजनामा मायादेवी गाउँपालिका वडा नं. ३, अतरपरीको खेल मैदानमा मायादेवी गाउँपालिका स्तरीय क्रिकेट टुर्नामेन्ट उद्घाटन भएको छ।
गाउँपालिका स्तरीय क्रिकेट टुर्नामेन्टमा स्थानीय क्रिकेट टिमहरूको सहभागिता रहने छ र आज पहिलो खेलमा बनगाईले अतरपरी बी टिमलाई हराएको छ ।
उक्त कार्यक्रमको सञ्चालक युवराज सिंह यादव कार्यक्रमको अध्यक्षता जानकी युवा क्लब को अध्यक्ष बिन्देसारी, प्रमुख अतिथि मायादेवी गाउँपालिका अध्यक्ष वालाउद्दीना मुसलमान, विशिष्ट अतिथि पूर्व गाउँपालिका अध्यक्ष बजरंगी चौधरी, विशिष्ट अतिथि मायादेवी गाउँपालिका उपाध्यक्ष सरस्वती यादव, विशिष्ट अतिथि वार्ड नं ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, विशिष्ट अतिथि पूर्व वार्ड अध्यक्ष सुखदेव प्रसाद तिवारी, अतिथि वीरेन्द्र गडरिया, चन्द्रका प्रसाद यादव, कौशल नागवंशी लगायत २०० जनाको उपस्थिति रहेको चन्द्रका प्रसाद यादवले जानकारी दिएको छन् ।


प्रतिक्रिया दिनुहोस्