सुशील गैरे कपिलवस्तु,
सन् १९८१ मा ‘पूर्ण सहभागिता र समानता’ भन्ने नाराका साथ संयुक्त राष्ट्र संघबाट सुरु भएको राष्ट्रिय अपांगता दिवस सन् १९८३ मा अपांगता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुर्नस्थापना र रोकथाममा जोड दिँदै अपांगतासम्बन्धि १० वर्षे कार्ययोजना पारित गर्याे । यी कुराहरूलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन् १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपांगता दशकका रूपमा घोषणा भएको थियो ।
सन् १९९२ मा उक्त अपांगतासम्बन्धि १० वर्षे विश्व कार्ययोजनाको कार्यान्वयन र उपलब्धिहरूको समीक्षा गर्दै सोही वर्षदेखि डिसेम्बर ३ लाई अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वका विभिन्न देशमा मनाउन थालियो । नेपालमा पनि सन् १९९३ देखि यो दिवस मनाउन थालिएकाे हाे ।
‘हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ शुक्रबार मनाइएको ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ३ मा अन्तरक्रिया कार्यक्रम गरिएको छ। वडा स्तरीय अपाङ्गता संजाल बुद्धभूमि ३ रनगाइको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वडा अध्यक्ष गोविन्द प्रसाद आचार्य विकासले सम्पूर्ण अपाङ्गता भएकाहरूलाई उनीहरूको आवश्यकता अनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताए ।
उनले अपाङ्गता भएकाको समस्याबारे सरकारले तथ्यांक संकलन गरेर समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए । कार्यक्रमा अपाङ्गता भएका व्यक्तिहरुका सवाल समस्यामा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा अपाङ्गता परिचय पत्र बनाउने,अपांगता भएको व्यक्तिले पाउने सेवासुविधा तथा सहुलियत,अपाङ्गताका प्रकारहरू आदिको बारेमा जानकारी गराइएको थियो।
वडा स्तरीय अपाङ्गता संजाल बुद्धभूमि ३ का अध्यक्ष रामलाल खनालले वडालाई ५ बुदे ज्ञापनपत्र हस्तान्तरण समेत गरेका थिए। वडा स्तरीय अपाङ्गता संजाल बुद्धभूमि ३ का अध्यक्ष रामलाल खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा ३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य,बुद्वभुमी नगरकार्य पालिकाकि महिला तथा बालवालिका शाखा प्रतिनिधि शान्ति घिमिरे, किर्डाक नेेपाल सामुदायिक विकास अधिकृत अमर बहादुर विक लयागतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्