कपिलवस्तु ।
स्वतन्त्र उम्मेदवार, चुनाव चिन्हसहित मैदानमा उत्रिएका आशिष शर्माले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै आज बिहीबार २२ गते मायादेवी गाउँपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने सम्पूर्ण गाउँहरूमा घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन्।
घरदैलो सकिएसँगै वडा नम्बर ६ का गाउँ–गाउँमा अहिले एउटा फरक माहोल देखिएको छ। गाउँवासी, युवा, बालबालिकासम्म “आशिष शर्मा” भन्दै चर्चा गर्दै हिँड्नु सामान्य दृश्य बनेको छ। यसले स्थानीय तहमा ‘आशिष शर्मा लहर’ चलिरहेको संकेत गर्छ।
तर यो लहर साँच्चिकै हो कि केवल हल्ला मात्रै ?
यही प्रश्न लिएर हामीले त्यही क्षेत्रका स्थानीय हरिश यादवसँग कुरा गर्यौं। यादव भन्छन्—
“नाम मात्रै होइन, काम पनि हेर्छौं। एकपटक आशिष शर्मालाई मौका दिनुपर्छ भन्ने हाम्रो सोच बनेको छ।”
वडा नम्बर ६ का विभिन्न गाउँहरूमा पुगेर स्थानीयहरूसँग सोध्दा बोली र भावना लगभग एउटै देखियो—
“आशिष शर्मा आएपछि केही न केही बदलाव त आउँछ।”
हामीले जनतासँग सोध्यौं—
‘अरु पार्टीका उम्मेदवार हुँदाहुँदै किन आशिष शर्मा ?’
त्यसको जवाफ अझ स्पष्ट थियो। एक स्थानीय भन्छन्—
“अरु पार्टीलाई भोट दिएर हामीले धेरै देखिसक्यौं। यो पालि युवालाई मौका दिनुपर्छ। त्यसैले आशिष शर्मालाई नै भोट दिने निर्णय गरेका छौं।”
स्थानीयहरूका अनुसार अहिलेसम्म धेरै उम्मेदवार आए, तर आशीर्वाद माग्दै घर–घर पुग्ने साहस कसैले गरेन।
तर आशिष शर्मा भने आशीर्वाद र भोट दुवै स्वीकार्दै, बुढापाखा, आमा, दिदीबहिनी सबैसँग सरल व्यवहारमा भेटघाट गरिरहेका छन्।
अझ रोचक कुरा के छ भने—
ठूलो गाडी, तामझाम होइन; बाइक र पैदल हिँडेर गाउँ छिर्ने शैली ले धेरैको मन जितेको छ।
“नेता जस्तो होइन, आफ्नै छोरा जस्तो लाग्छ,” एक वृद्धाको भनाइ थियो।
यही सरलता, व्यवहार र युवाको प्रतिनिधित्वले गर्दा आज मायादेवी–६ मा धेरैको निष्कर्ष एउटै देखिन्छ—
“यो पालि भोट आशिष शर्मालाई।”
अब हेर्न बाँकी छ,
यो लहर मतपेटिकासम्म कति बलियो भएर पुग्छ भन्ने कुरा।
Skip This


प्रतिक्रिया दिनुहोस्