२०८२ फाल्गुन २८
नेपाली समय

नियम विपरीत विद्यालय सञ्चालन: शिक्षा मन्त्री पुन कडा रूपमा उत्रिए

२०८२ मंसिर १८, बुधबार १३:०४

Advertisement 1

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (विव्यसि) गठन नगरी सञ्चालन भइरहेको विद्यालयको संघीय अनुदान रोक्ने चेतावनी दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै उनले स्थानीय तहहरूले नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्नेमा जोड दिए।

Advertisement 2

मन्त्री पुनका अनुसार केही पालिकाहरूले विव्यसि गठन नगरी मनोमानी ढंगले विद्यालय चलाइरहेका छन्। उनले भने, “ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई तुरुन्त समिति गठन गर्न निर्देशन दिइएको छ, अन्यथा त्यस्ता विद्यालयमा आउने संघीय अनुदान रोकिनेछ।”

Advertisement 3

उनका अनुसार हाल विव्यसि गठन नगरेका पालिकाहरूको नाम संकलन गर्ने काम अघि बढिरहेको छ। साथै, यदि कुनै विद्यालयमा समिति गठन नभई विद्यालय सञ्चालन भइरहेको थाहा पाए अभिभावक तथा सर्वसाधारणले समेत जानकारी दिन सक्ने व्यवस्था गरिएको उनले बताए।

धेरै पढिएको

सम्बन्धित समाचार