समाचार:✍️रोहित वरुण
Advertisement 1
कपिलवस्तु क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्व एसएसपी विक्रम सिंह थापा विजयी भएपछि कपिलवस्तु नगरपालिकाका स्थानीय युवा तथा समाजसेवी अमरदीप कसौधन ले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
कसौधनले थापाको जितप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, “विक्रम सिंह थापा सधैं जनताको पक्षमा उभिने व्यक्ति हुनुहुन्थ्यो र आगामी दिनमा पनि त्यस्तै काम गर्नुहुनेछ भन्ने आशा छ। उहाँ जस्तो नेता पाउनु क्षेत्र नम्बर २ का जनताका लागि खुसीको कुरा हो।”
Advertisement 2
उनका अनुसार थापा जनताको हकअधिकारका विषयमा बोल्ने र समस्यामा साथ दिने नेता भएकाले आफूहरूले सहयोग गरेका हुन्। उनले भने, “हामीले उहाँलाई साथ दिएका थियौँ र आगामी दिनमा पनि साथ दिनेछौँ।”
कसौधनले आफूले व्यक्तिगत रूपमा मात्र होइन, आफ्नो परिवार र क्षेत्र नम्बर २ का धेरै शुभेच्छुकहरूको तर्फबाट पनि विक्रम सिंह थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्