२०८२ फाल्गुन २८
नेपाली समय

जनताको माया कायम राख्दै आशीष शर्मा विभिन्न स्थानमा भेटघाटमा व्यस्त

२०८२ फाल्गुन २७, बुधबार १५:३०

घरदैलो भेटघाटमा व्यस्त स्वतन्त्र उम्मेदवार आशीष शर्मा, कपिलवस्तुका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न

Advertisement 1

कपिलवस्तु नगरपालिका क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका आशीष शर्मा (चुनाव चिन्ह: जीप) ले निर्वाचनपछि पनि जनतासँगको भेटघाटलाई निरन्तरता दिएका छन्। सोही क्रममा बुधबार विभिन्न स्थानमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी भई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन्।

कार्यक्रमअनुसार बिहान ९:३० बजे कपिलवस्तु नगरपालिका वडा नम्बर ८ को दोहोनी चौराहा, त्यसपछि ११:३० बजे वडा नम्बर ७ को धमोली, दिउँसो १२:३० बजे वडा नम्बर १० को पचेहरा चोक र दिउँसो २:०० बजे वडा नम्बर ११ को जाहदी चौराहा मा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न भएको हो।

Advertisement 2

कार्यक्रममा सहभागी हुँदै शर्माले निर्वाचनका क्रममा आफूलाई साथ र विश्वास दिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरे। उनले जनताको माया, विश्वास र साथले आफूलाई अझ जिम्मेवार बनाएको बताए।

“निर्वाचनमा परिणाम जस्तो आए पनि जनताको माया र विश्वास मेरो लागि सबैभन्दा ठूलो शक्ति हो। म सधैं जनताको बीचमै रहेर उनीहरूको आवाज उठाउने काम गरिरहनेछु,” उनले भने।

Advertisement 3

शर्माले आगामी दिनमा पनि यस्ता भेटघाट तथा संवाद कार्यक्रमलाई निरन्तरता दिँदै जनताको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार