२०८२ फाल्गुन २८
नेपाली समय

“थापाको जितले उत्साह, महाराजगंज–१ बाट नयाँ उम्मेदवारी घोषणा” द्विवेदी

२०८२ फाल्गुन २४, आईतवार २०:१५

विक्रम सिंह थापालाई बधाई, महाराजगंज–१ का लागि नयाँ आशा
समाचार ✍️दीपक

Advertisement 1

ध्रुव मिडियाका सम्पादक दीपक दुबेदीले पूर्व एसएसपी विक्रम सिंह थापालाई जितको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले जनताको विश्वास जितेर निर्वाचित भएका थापाले आगामी दिनमा महाराजगंज नगरपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

दुबेदीका अनुसार महाराजगंज क्षेत्र नम्बर २ बाट विजयी बनेका थापाप्रति यहाँका जनताले ठूलो आशा र भरोसा राखेका छन्। विशेषगरी युवाको भविष्य, रोजगारी र नगरको समग्र विकासका लागि उहाँले सकारात्मक पहल गर्ने अपेक्षा गरिएको छ।
यसैबीच महाराजगंज नगरपालिका वडा नम्बर १ बाट वडा अध्यक्ष पदका लागि भावी उम्मेदवार घोषणा गरिएको विषय पनि स्थानीय स्तरमा चर्चामा आएको छ। स्थानीय नेतृत्व र जनप्रतिनिधिहरूको सहकार्यबाट वडा तथा नगरको मुहार फेर्ने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाले पनि विक्रम सिंह थापाको नेतृत्वमा महाराजगंज नगरपालिकाको विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार