तौलिहवा, कपिलवस्तु।
Advertisement 1
प्रतिनिधि सभा निर्वाचन मा कपिलवस्तु क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी दोस्रो स्थान हासिल गरेका युवा नेता आशिष शर्मा ले जनताको माया र विश्वासप्रति आभार व्यक्त गरेका छन्। तौलिहवामा आयोजित मतदातालाई धन्यवाद ज्ञापन, छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले गरेको प्रतिबद्धताबाट कहिल्यै दायाँबायाँ नहुने स्पष्ट पारे।

कार्यक्रममा बोल्दै शर्मा ले भने, “राजनीतिमा कतिपय गठबन्धनहरू ‘लम एकातिर, बिहे अर्काेतिर’ जस्ता देखिन्छन्। तर मेरो राजनीति त्यस्तो होइन। म जनतासँग गरेको वाचा र प्रतिबद्धतामा सधैं अडिग रहनेछु।”
Advertisement 2
उनले कपिलवस्तुको पहिचान, विकास र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याउँदै जनताबाट पाएको साथ र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। स्वतन्त्र उम्मेदवार भएर चुनाव लडे पनि हजारौं मतदाताले दिएको समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उनको भनाइ थियो।
शर्माले कार्यक्रममा उपस्थित सबै मतदाताप्रति आभार व्यक्त गर्दै भने, “मेरो निमन्त्रणालाई स्वीकार गरी आजको कार्यक्रममा उपस्थित हुनु भएका सबै दाजुभाइ दिदीबहिनीप्रति म हार्दिक आभारी छु। तपाईंहरूको विश्वास र साथले मलाई अझ दृढ भएर काम गर्न प्रेरणा दिएको छ।”
Advertisement 3
त्यसैगरी उनले चुनावपछि पनि जनतासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने जानकारी दिए। आफूले गरेको प्रतिबद्धता अनुसार भोलिदेखि नै विभिन्न वडामा पुगेर घर–आँगनमै भेटघाट गर्ने कार्यक्रम तय गरिएको उनले बताए।
भोलिको भेटघाट कार्यक्रम तालिका यस प्रकार छः
• ९:३० बजे — वार्ड नं. ५ — दोहनी
• ११:०० बजे — वार्ड नं. ४ — मुडफुटवा चौराहा
• १२:३० बजे — वार्ड नं. ३ — लवनी चौराहा
• २:०० बजे — वार्ड नं. २ — वरगदवा चौराहा
• ३:३० बजे — वार्ड नं. १ — सोहसा बजार लाग्ने स्थान
• ५:०० बजे — वार्ड नं. ६ — विमिहा चोक मन्दिर
कार्यक्रममार्फत उनले कपिलवस्तुका स्थानीय समस्या, विकासका सम्भावना र जनताको अपेक्षाबारे प्रत्यक्ष छलफल गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीहरूले पनि स्वतन्त्र उम्मेदवार भएर छोटो समयमा प्राप्त गरेको जनसमर्थनले आशिष शर्मालाई क्षेत्रको प्रभावशाली युवा नेताका रूपमा स्थापित गरेको बताएका छन्।हर जीता त अपनों ठाउँ मा हुँदा रहन छ ।



प्रतिक्रिया दिनुहोस्