
Advertisement 1
धनन्जय उपाध्याय/रुपन्देही
समरीमाई गाउँपालिका, रुपन्देही अपाङ्गता क्षेत्रका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०८२ समरीमाई गाउँपालिकामा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। मङ्सिर १७ गते, बुधबार गाउँपालिकाको सभा हलमा आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय उपस्थिति रह्यो।
Advertisement 2

अपाङ्गता शाखा प्रमुख प्रदिप कुमार दुबेले कार्यक्रमको सफलताबारे जानकारी गराउँदै दिवसले अपाङ्गता भएका व्यक्तिहरूको हकहितका मुद्दा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रमको प्रशिक्षण सत्र शिक्षा शाखा प्रमुख रामदास गौडले सञ्चालन गरेका थिए।
Advertisement 3
कार्यक्रमको आयोजक समरीमाई गाउँपालिका, रहेको थियो।स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत राजेश मल्ल ले प्रस्तुत गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, शैक्षिक, स्वास्थ्य तथा आर्थिक पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताएका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन उपाध्यक्ष कुमारी प्रियंका सिंह शाहीले ब्यानर वाचन गर्दै गरेकी थिइन्।कार्यक्रमको अध्यक्षता पनि उपाध्यक्ष शाहीले नै गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव साथै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत राजेश मल्ल, स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी, लेखा अधिकृतसहित गाउँपालिकाका अन्य शाखा प्रमुख र वडा नं. १ देखि ७ का वडा अध्यक्षहरूको सहभागिता मा कार्यक्रम सम्पन्न भएको थियो। गाउँपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता सहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्