२०८३ बैशाख ८
नेपाली समय

कपिलवस्तु क्षेत्र नम्बर १ मा जनताको भरोसाको नाम बन्दै आशीष शर्मा

२०८२ माघ १९, आईतवार ००:०१

कपिलवस्तु क्षेत्र नम्बर १ का भावी उम्मेदवार तथा स्वतन्त्र प्रत्याशी आशीष शर्मा (चुनाव चिन्ह: जीप) ले आफू कसैको विरोध गर्न नभई जनताको सेवाका लागि मैदानमा उत्रिएको स्पष्ट पारेका छन्।
जनताबीच पुगेर आफ्ना विचार राखिरहेका शर्माले भने, “म कसैको विपक्षमा होइन, म जनताकै बीच आएको हुँ। जनताको माझमा बसेर आफ्ना कुरा राखिरहेको छु।”
उनले जनताप्रति पूर्ण आशा र भरोसा व्यक्त गर्दै भने कि जनताले यसपटक अवश्य पनि सही निर्णय गर्नेछन्।
शर्माले विगतका नेताहरूप्रति जनताको निराशालाई स्मरण गराउँदै भने, “यहाँका जनताले धेरै नेताहरू देखिसक्नुभयो। चुनाव जितेपछि कोही पनि घरघरमा फर्केर आएनन्।”
तर आफू भने फरक हुने उनको दाबी छ।
“म चुनावअघि मात्र होइन, चुनाव जितेपछि पनि जनताको घरघरमा जाने मान्छे हुँ। भोट माग्न पनि घरघर जान्छु, र जितेपछि धन्यवाद दिन पनि घरघरमै पुग्छु,” उनले भावुक रूपमा भने।
आफूले जनतासँग कुनै झुटा वाचा नगरेको र नगर्ने स्पष्ट पार्दै शर्माले भने, “म जनताको सेवा गर्ने इच्छाले यहाँ आएको हुँ। सेवा गर्नकै लागि घरघरमा पुगिरहेको छु।”
जनताबीच सरल भाषा, स्पष्ट सोच र सेवा भावले प्रस्तुत भएका आशीष शर्मा अहिले कपिलवस्तु क्षेत्र नम्बर १ मा आशाको नयाँ प्रतीक का रूपमा हेरिन थालेका छन्

धेरै पढिएको

सम्बन्धित समाचार