
Advertisement 1
रुपन्देही।रुपन्देहीको मर्चवार क्षेत्रमा पत्रकारितालाई थप प्रभावकारी, मर्यादित र समाजप्रति उत्तरदायी बनाउने उद्देश्यसहित मर्चवार प्रेस क्लबको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
मर्चवार प्रेस क्लब, रुपन्देहीको दोस्रो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको हो। सम्मरीमाई गाउँपालिका–७, बेतकुइयाँ स्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका चुनौती, जिम्मेवारी र भूमिकाबारे विस्तृत छलफल गरिएको थियो ।
Advertisement 2
कार्यक्रममा प्रमुख अतिथि तथा सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले पत्रकारिता समाजको पहरेदार भएकाले निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार तथा निजी क्षेत्रका कमी–कमजोरीलाई उजागर गर्दै सही दिशामा मार्गनिर्देशन गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
त्यस्तै, विशिष्ट अतिथि मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष एवं सल्लाहकार रामविकास चौधरीले पत्रकारितामा चुनौती बढ्दै गइरहेको उल्लेख गर्दै खोजमूलक र प्रमाणमा आधारित पत्रकारितामा जोड दिन आग्रह गर्नुभयो । उहाँले सूचना अधिकारको प्रयोगमार्फत सार्वजनिक निकायलाई जवाफदेही बनाउनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।
Advertisement 3
कार्यक्रमको अध्यक्षता गर्दै प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले संस्थाले पत्रकारहरूको क्षमता विकास, हकहित संरक्षण तथा समाज रूपान्तरणमा योगदान दिँदै आएको बताउनुभयो । उहाँले पत्रकारहरूलाई आफ्नो पेशाप्रति जिम्मेवार र सक्रिय रहन आग्रह गर्नुभयो ।
साधारणसभामा संस्थाको लेखापरीक्षण प्रतिवेदन सह–सचिव सीताराम चौधरीले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष सुमन कुमारी कलवारले अतिथिहरूलाई खादा लगाई स्वागत गर्नुभएको थियो भने सदस्य अन्जना चौहानले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव मोहम्मद असल खाँले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्