२०८३ बैशाख २
नेपाली समय

हर्दी प्रिमियर लिग सिजन–२ वैशाख २ देखि सुरु हुने, पुरस्कार राशिमा आकर्षक वृद्धि

२०८२ चैत्र २८, शनिबार ०६:०७

Advertisement 1

रुपन्देही। रुपन्देहीको सम्मरीमाई गा.पा वडा नं ७ हर्दीका युवाहरूको सक्रियतामा आयोजना हुन लागेको हर्दी प्रिमियर लिग (HPL) सिजन–२ आगामी वैशाख २ गतेदेखि सुरु हुने भएको छ।

सम्मरीमाई गाउँपालिका वडा नं. ७ हर्दीका युवाहरूको संयुक्त पहलमा हर्दी प्रिमियर लिग (HPL) सिजन–२ क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिताको उद्घाटन २०८३ साल वैशाख २ गते हुने भएको हो ।

Advertisement 2

विशेष रूपमा, २०८१ सालदेखि नै यस प्रतियोगितामा प्रमुख सल्लाहकारको रूपमा सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँले युवाहरूको क्षमता विकास, खेलकुदमार्फत अनुशासन र नेतृत्व विकासमा यस्ता प्रतियोगिताले ठूलो योगदान पुर्‍याउने बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको छ।

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष कमलेश यादवका अनुसार स्थानीय स्तरमा खेलकुद विकास तथा युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। उनले यस प्रतियोगिताको सुरुवात २०८१ सालदेखि गरिएको जानकारी पनि दिए।

Advertisement 3

गत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको छ। समितिका सचिव धनन्जय कुमार उपाध्यायका अनुसार २०८१ मा प्रथम पुरस्कार १०,००० र द्वितीय पुरस्कार ५,००० रुपैयाँ रहेकोमा यस वर्ष प्रथम पुरस्कार ३१,५०० र द्वितीय पुरस्कार १५,५०० रुपैयाँ पुर्‍याइएको छ भने दर्ता शुल्क मात्र दुई हजार रहेको उपाध्यायले बताए ।

हाल प्रतियोगिताका लागि टिम दर्ता खुला रहेको र इच्छुक टिमहरूलाई छिटो दर्ता गराउन आग्रह गरिएको छ। उपाध्यक्ष मौलेश कुमार दुबेले समयमै टिम दर्ता गराई प्रतियोगितामा सहभागी हुन सम्पूर्ण खेलप्रेमीहरूलाई अनुरोध गरेका छन्।

प्रतियोगिताको आयोजना कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष कमलेश यादव, उपाध्यक्ष मौलेश कुमार दुबे, सचिव धनन्जय कुमार उपाध्याय तथा सदस्यहरू शौकत अली, वशिष्ठ मिश्र,नजामुदिन शाह, प्रमोद यादव, गिर्जेश यादव, कुलदीप लगायत युवाहरूको सक्रिय सहभागितामा गरिएको हो।

स्थानीय स्तरमा क्रिकेटप्रतिको बढ्दो आकर्षणसँगै हर्दी प्रिमियर लिगले युवाहरूबीच प्रतिस्पर्धात्मक खेलकुद वातावरण सिर्जना गर्ने विश्वास आयोजकले व्यक्त गरेका

धेरै पढिएको

सम्बन्धित समाचार