Advertisement 1
बर्गद गोलीकाण्डमा ज्यान

गुमाएका युवकको सम्झनामा जिगना चोकमा मूर्ति निर्माण हुने
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं. ६ स्थित जिगना चोकमा बर्गद गोलीकाण्डमा ज्यान गुमाएका युवकको सम्झनामा मूर्ति निर्माण गरिने भएको छ।
मृतक युवकको घर सानो बुटहनिया रहेको बताइएको छ।
यस महत्वपूर्ण कार्यका लागि अटल कन्ट्रक्सनका प्रोप्राइटर तथा युवा समाजसेवी अटल यादवले व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ। समाजका लागि दिनरात खटिने र जनताको सुख–दुःखमा सधैं साथ दिने व्यक्तिका रूपमा चिनिएका अटल यादवले आफ्नो फेसबुकमार्फत उक्त जानकारी सार्वजनिक गर्नुभएको हो।
अटल यादवले भन्नुभयो,
“म आफ्नो समाज र जनताको लागि दिनरात खट्न सधैं तयार छु। बाबुको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ। त्यसैले उहाँको सम्झनामा यो मूर्ति निर्माण गरिरहेको छु। अरुण बाबुको आत्माले बैकुण्ठमा बास पाओस् र उहाँको परिवारमा शान्ति मिलोस् भन्ने कामना गर्दछु। साथै, उहाँलाई सबैले सधैं सम्झिरहून् भन्ने उद्देश्यले यो मूर्ति बनाइँदैछ।”
उहाँले थप्नुभयो कि हिन्दूत्वको रक्षा गर्दै ज्यान गुमाएका ती युवक सधैं सबैको मनमा जीवित रहनेछन् र समाजमा उहाँको योगदान अमर रहने विश्वास व्यक्त गर्नुभयो।
अटल यादवको यो पहलले स्थानीय स्तरमा ठूलो सकारात्मक सन्देश दिएको छ। समाजप्रति उत्तरदायी र संवेदनशील व्यक्तित्वका रूपमा उहाँको योगदानलाई धेरैले सराहना गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्