चुनाव हारिए पनि जनताको माया जित्दै दोहनीमा पुगे आशीष शर्मा
समाचार:✍️ राज पांडेय
कपिलवस्तु क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गरेका आशीष शर्मा चुनावी परिणाममा दोस्रो स्थान हासिल गरे पनि जनताको माया र विश्वास भने निरन्तर प्राप्त गरिरहेका छन्। चुनाव सम्पन्न भइसकेपछि पनि उनी गाउँ–टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन्।
यसै क्रममा शुद्धोधन गाउँपालिका वडा नं. ५ दोहनीमा आयोजित भेटघाट कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै शर्माले चुनाव हार–जीत लोकतन्त्रको सामान्य प्रक्रिया भए पनि जनताको माया र साथ नै आफ्नो लागि सबैभन्दा ठूलो उपलब्धि भएको बताए।
उनले भने, “चुनाव हारियो तर जनताको मायाले मेरो हौसला अझ बढाएको छ। म हिजो पनि जनताकै बीचमा थिएँ, आज पनि छु र भोलि पनि जनताकै बीचमा रहनेछु। म जनतालाई आफ्नो परिवारको रूपमा मान्छु, त्यसैले म सधैं जनताको बीचमै रहनेछु।”
स्थानीय बासिन्दाले पनि शर्मालाई नजिकबाट भेटेर क्षेत्रका विभिन्न समस्या र आवश्यकताबारे छलफल गरेका थिए। कार्यक्रममा सहभागीहरूले चुनाव परिणाम जस्तोसुकै भए पनि जनताको बीचमा निरन्तर उपस्थित रहने नेताको आवश्यकता रहेको बताएका थिए।
भेटघाटको अन्त्यमा शर्माले “जय जनता, जय जनार्दन” भन्दै जनताको साथ र विश्वासप्रति आभार व्यक्त गरे।
Skip This
दोस्रो स्थानमा रहे पनि जनताको मनमा पहिलो: दोहनीमा आशीष शर्माको भेटघाट


प्रतिक्रिया दिनुहोस्