यस्ता कुराहरु त कति त्याग्नु छ ।
दिनहुँ खानुपर्ने ओखती त्याग्नु छ ।
Advertisement 1
म साह्रै खुशी भएर बाँच्नको लागी,
यो घर त्याग्नु छ सम्पती त्याग्नु छ ।
बिबाहित छोराले मलिन हुँदै भन्यो,,
कि बा आमा कि श्रीमती त्याग्नु छ ।
Advertisement 2
म उसको चित्त दुखाउन चाहान्न,,
त्यसैले अब आफ्नै प्रगति त्याग्नु छ ।
अब ज्यान मात्र बाँकी त्याग्नका लागी,,
सबै नै त्यागी सकियो जति त्याग्नु छ ।
Advertisement 3
कविन्द्र घिमिरे
ककनी २, नुवाकोट



प्रतिक्रिया दिनुहोस्