२०८३ भाद्र ८
नेपाली समय

बिजयनगरमा ८ लाख बढीका ८० खसीबोका सशस्त्र प्रहरीको नियन्त्रणमा

२०८३ श्रावण २२, शुक्रबार २१:००

प्रिन्स मिश्र कपिलवस्तु : सशस्त्र प्रहरी बल नेपाल बिओपी जवा भारी कपिलवस्तुले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएका ८० वटा खसीबोका बरामद गरेको छ।

Advertisement 1

सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१ नयाँ गाउँस्थित दशगजा क्षेत्रबाट उक्त खसीबोका बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ८० वटा खसीको अनुमानित मूल्य रु. ८ लाख ३२ हजार ५०० रहेको छ। प्रहरी टोली पुग्नासाथ खसी ल्याउने व्यक्तिहरू खसी छाडेर भारततर्फ फरार भएका थिए।

Advertisement 2

बरामद खसी आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125