१० पुष, कपिलबस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा ४५ दिने ब्युटीपार्लर तालिम सम्पन्न भएको छ ।
Advertisement 1
पुजा पार्लर तथा डल प्रशिक्षण केन्द्र तौलिहवामा कार्तिक २३ गते देखि शुरू भएको तालिम पुष ०९ गते कपिलवस्तु सम्पन्न भएको हो उक्त समापन अवसरमा नगरपालिकाका वडा सचिव सुभाष गौतम र वडा सदस्य विष्णु प्रसाद बारीले सहभागीहरुलाई टिका लगाएर प्रमाण पत्र वितरण गरेका थिए ।
Advertisement 2
उक्त ब्युटीपार्लर तालिममा १२ जनाको सहभागिता रहेको थियो । तालिम लिए पश्चात पुजा तेली लगायत सहभागी सम्पूणर्ले कपिलवस्तु नगरपालिका वडा नं.१ ले आफुहरुलाई एउटा शिप सिकाएर रोजगारीको अवसर सिर्जना गराएको भन्दै वडाध्यक्ष सुदिप पौडेल र वडा सचिव सुभाष गौतम सहितका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
Advertisement 3



प्रतिक्रिया दिनुहोस्
Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258