२०८३ जेष्ठ २९
नेपाली समय

लुम्बिनी सनातन संस्कृति विद्यापीठलाई विभिन्न सामग्रीहरू दान ।

२०८१ पुष १९, शुक्रबार १७:१८

धनञ्जय उपाध्याय/रूपन्देही

Advertisement 1

धर्म रक्षित रक्षिता भन्ने मूल नाराको साथमा रूपन्देही, कपिलवस्तु जिल्लाको विभिन्न मान्छेहरूले धार्मिक विद्यालय गुरुकुलम श्रीलुम्ने सनातन संस्कृति विद्यापीठलाई विभिन्न खाद्यान्य तथा कपडालत्ताहरू दान गरेका छन्। धर्म यात्रा अभियान लुम्बिनी क्षेत्रका अगुवाकर्ता अक्षयवर पाण्डेज्यूको नेतृत्वमा गुरुकुलममा अध्ययन गर्ने विद्यार्थी बटुकहरूलाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरेका छन् । यही आउँदो शनिबार को दिन पनि विद्यार्थीहरूलाई किताब तथा गुरुकुलको प्राङ्गणमा भोजको व्यवस्था भएको छ। पुस्तकहरूमा नित्यक्रम पूजा प्रकाश, रुद्राष्टध्यायी, दुर्गा सप्तशती लगायत अन्य पुस्तकहरू यही मिति २०८१/०९/२० गते शनिबारको दिन दान गरिने अक्षयभर पाण्डेले जानकारी दिए। दान दातामा मनोज कुमार मिश्र मनौरा, रबिन्द्र तिवारी महुवारी, पिण्टु पाण्डेय केवटलिया, त्र्यम्बकधर दुबे लगायत अन्य थुप्रै दानदाताहरूको सहयोगले गर्दा हामी यो ठूलो कार्यक्रम गरिरहेको यसको नेतृत्वकर्ता अक्षयवर पाण्डेले जानकारी दिए । श्री लुम्बिनी सनातन संस्कृति विद्यापीठको प्रधानाध्यापक बालव्यास धर्मगुरु शिवम पाण्डे ले सम्पूर्ण दानदाताहरूलाई हर्षो उल्लास को साथमा धन्यवाद ज्ञापन गरे।

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125