२०८३ असार ४
नेपाली समय

करिब दुई महिनापछि पुनः फहरियो राष्ट्रिय झण्डा, मायादेवी–१ पकडी चोकमा

२०८३ असार ३, बुधबार २२:१२

 

Advertisement 1

कपिलवस्तु | ध्रुव सत्य खबर

करिब दुई महिनादेखि च्यातिएको अवस्थामा रहेको नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डा आज कपिलवस्तुको मायादेवी गाउँपालिका–१, पकडी चोक मा पुनः सम्मानपूर्वक फहराइएको छ।

Advertisement 2

राष्ट्रिय शान र पहिचानको प्रतीक झण्डा पुनः फहराउने अभियानमा इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सुवास खतिवडा तथा स्थायी ट्राफिक प्रहरी पोस्ट पकडीका प्रहरी अधिकृतको सक्रिय उपस्थिति रहेको थियो।

यस अभियानमा महाकालका यूवा शक्ति नेपाल का अध्यक्ष इन्जिता यादव, युवा नेता रोकी जैसवाल उर्फ़ सुरेन्द्र जैसवालको उल्लेखनीय सहभागिता रहेको थियो। साथै मायादेवी गाउँपालिका–५ का भावी वडा अध्यक्ष प्रत्याशी त्रिपुरारी चौहान तथा T-Family Restaurant का सञ्चालकको विशेष पहल र समन्वयले झण्डा पुनः फहराउन महत्वपूर्ण भूमिका खेलेको थियो।

Advertisement 3

भावी वडा अध्यक्ष प्रत्याशी त्रिपुरारी चौहानले यस अभियानका बारेमा बोल्दै भन्नुभयो, “मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन खान (मेयर) को सुझाव र प्रेरणापछि हामीले यो कार्यलाई अगाडि बढाएका हौँ। राष्ट्रिय झण्डा उपलब्ध गराइदिनु भएकोमा दुर्गेश मिश्राजीप्रति विशेष धन्यवाद व्यक्त गर्दछु। राष्ट्रिय झण्डाको सम्मान गर्नु हामी सबै नेपालीको साझा दायित्व हो।”

स्थानीयवासीहरूले लामो समयदेखि च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डा पुनः फहराइएकामा खुसी व्यक्त गर्दै यस्ता सकारात्मक अभियान निरन्तर सञ्चालन हुनुपर्ने बताएका छन्। उपस्थित सबैले “हाम्रो राष्ट्रिय झण्डा, हाम्रो शान र हाम्रो गौरव” भन्ने भावनासहित यसको संरक्षण र सम्मानमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125