कपिलवस्तु। शुद्धोधन गाउँपालिकामा शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न विकास निर्माणका योजनाहरू तीव्र रूपमा अगाडि बढिरहेका छन्।
शुद्धोधन गाउँपालिका–२, बर्गदवामा निर्माणाधीन शुद्धोधन कभर्ड हल तथा शुद्धोधन रङ्गशाला स्थानीय खेलकुद विकासका महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। यी संरचनाले युवाहरूलाई खेलकुद गतिविधिमा थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, शुद्धोधन गाउँपालिका–६ मा स्वास्थ्य चौकी भवन निर्माणको काम अघि बढिरहेको छ। उक्त योजनाका लागि कमलेश शरण चौधरीको अथक पहल र निरन्तर समन्वयमा स्वास्थ्यमन्त्री सुधा शर्माबाट ३८ लाख रुपैयाँ बजेट विनियोजन भएको स्थानीय स्रोतले जनाएको छ। स्थानीयवासीहरूका अनुसार कमलेश शरण चौधरीको सक्रिय प्रयास र सुधा शर्माको सहयोगले स्वास्थ्य क्षेत्रको यो महत्वपूर्ण योजना कार्यान्वयनको चरणमा पुगेको हो।
यस्तै, बहुवर्षीय योजना अन्तर्गत शुद्धोधन गाउँपालिका–४ मा स्वास्थ्य चौकी भवन निर्माण कार्य जारी रहेको छ। उक्त योजनाका लागि बलिराम अधिकारीको विशेष पहलमा बजेट व्यवस्थापन भएको बताइएको छ। हाल भवन निर्माण कार्य दोस्रो तल्लाको छत ढलान गर्ने चरणमा पुगेको छ।
यसका साथै गाउँपालिकाभित्र रहेका विद्यालय तथा मदरसाहरूको पूर्वाधार सुधार तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तयारी पनि भइरहेको जनाइएको छ।
स्थानीयवासीहरूको भनाइमा, कमलेश शरण चौधरी, सुधा शर्मा र बलिराम अधिकारी को पहल तथा योगदानले शुद्धोधन गाउँपालिकामा स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रका महत्वपूर्ण योजनाहरू अगाडि बढ्न सफल भएका छन्। यी योजनाहरू समयमै सम्पन्न भएमा गाउँपालिकाको समग्र विकासमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ
Skip This
शुद्धोधन गाउँपालिकामा पूर्वाधार विकासले गति लिँदै


प्रतिक्रिया दिनुहोस्