२०८३ भाद्र ८
नेपाली समय

विजयनगर–७ मा युवा समाजसेवी अभिषेक चौधरीको वडा अध्यक्षमा उम्मेदवारी घोषणा

२०८३ श्रावण २१, बिहीबार १८:२५

कपिलवस्तु

Advertisement 1

कपिलवस्तुको विजयनगर गाउँपालिका–७ का युवा समाजसेवी अभिषेक चौधरी ले आगामी स्थानीय तह निर्वाचनका लागि वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणासँगै उनले वडाको समग्र विकास, सुशासन र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाउने बताएका छन्।

सार्वजनिक रूपमा प्रस्तुत गरिएको चुनावी प्रतिबद्धताअनुसार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, युवा स्वरोजगार तथा स्थानीय उद्यमशीलताको विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्। गुणस्तरीय तथा व्यवहारिक शिक्षाको विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच सुदृढ गर्ने, आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने तथा युवालाई सीपमूलक तालिममार्फत स्वरोजगारका अवसर सिर्जना गर्ने विषयलाई उनले विशेष महत्व दिएका छन्।

Advertisement 2

त्यसैगरी, स्थानीय उत्पादन र उद्यमलाई प्रोत्साहन गर्दै आर्थिक गतिविधि विस्तार गर्ने, वडा कार्यालयलाई नागरिकमैत्री बनाउने, सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने तथा विकास योजनालाई जनताको आवश्यकता र सहभागिताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

चौधरीले आफ्नो चुनावी अभियानलाई “युवाको शक्ति, वडाको समृद्धि” भन्ने नारासहित अघि बढाउने जनाएका छन्। घरदैलो, जनभेटघाट तथा मतदातासँग प्रत्यक्ष संवादमार्फत आफ्नो योजना र प्रतिबद्धता जनतामाझ पुर्‍याउने तयारी रहेको उनको भनाइ छ।

Advertisement 3

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा विजयनगर गाउँपालिका–७ मा चुनावी गतिविधि पनि क्रमशः सक्रिय बन्दै गएका छन्। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले आफ्ना योजना र एजेन्डा सार्वजनिक गर्ने क्रम जारी रहेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125