२०८३ भाद्र ८
नेपाली समय

रामजीत लोधको सक्रियतामा पुनः स्थापित गरियो शिवलिङ

२०८३ श्रावण २२, शुक्रबार ०९:४७

मर्चवार । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७, चुन्नीडिहवास्थित शिव मन्दिरमा विधिपूर्वक नयाँ शिवलिङ स्थापना गरिएको छ । जीर्ण र खण्डित अवस्थामा पुगेको पुरानो शिवलिङलाई वैदिक विधिअनुसार विसर्जन गरी समाजसेवी रामजीत लोधको सक्रियतामा बुधबार नयाँ शिवलिङ स्थापना गरिएको हो ।

Advertisement 1

शिवलिङ स्थापनाअघि तीनदिने धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । भारतबाट ल्याइएको शिवलिङलाई मंगलबार पर्रोहा परमेश्वर मन्दिरसहित पाँच वटा शिव मन्दिरको परिक्रमा गराई विशेष पूजा–आराधना सम्पन्न भएपछि विधिपूर्वक प्रतिष्ठा गरिएको समाजसेवी रामजीत लोधले जानकारी दिनुभयो ।

उहाँले आफूले ठूलो काम नगरेको बताउँदै भगवान शिवप्रतिको आस्था र श्रद्धाका कारण आफ्नो कमाइको केही अंश धार्मिक सेवामा समर्पण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भगवानले दिएको कमाइबाट केही रकम शिवको सेवामा अर्पण गरेको हुँ । यस मन्दिर मात्र होइन, आफ्नो क्षेत्रका विभिन्न धार्मिक स्थलहरूमा पनि सकेसम्म सहयोग गर्दै आएको छु । मन्दिरसँगै विद्यालय, सडक, अस्पताल तथा समाजलाई आवश्यक पर्ने अन्य क्षेत्रमा पनि निरन्तर सहयोग गरिरहेको छु ।’

Advertisement 2

स्थानीयवासीका अनुसार उक्त मन्दिर धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको केन्द्रका रूपमा परिचित छ । नयाँ शिवलिङ स्थापना भएपछि स्थानीयवासीमा उत्साह र खुसी छाएको छ ।

शुद्धोधन–७, गोगौलीका नन्दलाल यादवले शिवलिङ स्थापना कार्यमा समाजसेवी रामजीत लोधको विशेष योगदान रहेको उल्लेख गर्दै धार्मिक अनुष्ठान सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

Advertisement 3

परिक्रमा कार्यक्रममा सहभागी बासुदेव लोधले धार्मिक आस्था र सामाजिक एकताले नै यो कार्य सम्भव भएको बताउनुभयो । उहाँका अनुसार समाजसेवी रामजीत लोधको समन्वय, स्थानीयवासीको सहयोग र भगवान शिवको कृपाले मन्दिरको व्यवस्थापन सुधार गर्दै नयाँ शिवलिङ स्थापना गर्न सफलता मिलेको हो ।

भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरबाट आउनुभएका प्रतिष्ठाचार्य (आचार्य) ले पुरानो शिवलिङ खण्डित भएकाले शास्त्रीय विधिअनुसार विसर्जन गरी नयाँ शिवलिङ स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार प्राण प्रतिष्ठाअघि नयाँ शिवलिङलाई विभिन्न पवित्र शिव मन्दिरका शिवलिङसँग वैदिक विधिअनुसार परिक्रमा तथा धार्मिक संस्कार सम्पन्न गराएर मात्र प्रतिष्ठा गरिएको हो ।

स्थानीय जैसराम यादवले स्थानीय सरकारले गर्नुपर्ने केही सामाजिक तथा धार्मिक कार्य समाजसेवीहरूले गरिरहेको टिप्पणी गर्नुभयो । उहाँले जनप्रतिनिधिहरू अपेक्षाअनुसार सक्रिय नदेखिएको गुनासो गर्दै समाज र धर्मका लागि निरन्तर योगदान पु¥याउँदै आएका रामजीत लोधप्रति आभार व्यक्त गर्नुभयो ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125