२०८२ माघ ३
नेपाली समय

वलिउद्दिन मुसलमान: सरल स्वभाव, सबल नेतृत्वका प्रतीक

२०८२ जेष्ठ २१, मंगलवार २१:१८

 

Advertisement 1

✍️: सुरेश कुमार पाण्डे

📍 ध्रुवसत्यखबर डटकम | मायादेवी गाउँपालिका, पकड़ी

Advertisement 2

मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान नेपाली कांग्रेस पार्टीका १ (खा) क्षेत्रीय सभापति समेत हुन्। राजनीतिमा गहिरो अनुभव, पार्टीप्रति निष्ठा, र जनताप्रति सेवा भावनाले उहाँलाई कांग्रेस पार्टीको एक लोकप्रिय र प्रभावशाली नेताको रूपमा उभ्याएको छ। पार्टीले उहाँप्रति विशेष विश्वास राख्दै मायादेवी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएको थियो, जहाँ उहाँ जनताको अपार विश्वास जितेर विजयी हुनुभयो।

अध्यक्ष मुसलमानको व्यवहार अत्यन्तै सरल र सुमधुर छ। उहाँले जनतासँग सिधा संवाद राख्न रुचाउनुहुन्छ, जसका कारण उहाँले जनता समक्ष आफ्नो अलग छवि बनाउन सफल हुनुभएको छ।

Advertisement 3

उहाँको नेतृत्वमा स्वास्थ्य, शिक्षा, रोजगार, र भौतिक पूर्वाधार विकासमा निरन्तर ध्यान दिइँदै आएको छ। उहाँ भन्नुहुन्छ, “स्वास्थ्य नै धन हो, शिक्षा नै गहना हो।” यस सोचसहित उहाँले गाउँगाउँमा हेल्थ पोस्ट, विद्यालय, सडक निर्माण तथा खानेपानी योजनाहरू सञ्चालन गरिरहनुभएको छ।

युवाहरूप्रति पनि अध्यक्ष मुसलमान विशेष संवेदनशील हुनुहुन्छ। उहाँले सीपमूलक तालिम, खेलकुद सामग्री वितरणजस्ता कार्यक्रममार्फत युवालाई सक्षम र सशक्त बनाउने अभियान चलाइरहनुभएको छ।

उहाँको भनाइमा, “मलाई अध्यक्षको रूपमा नभई तपाईंहरूको छोरा, दाइ, साथी र सेवकका रूपमा हेर्नुहोस्। तपाईंहरूले सेवा गर्ने अवसर दिनुभएको छ, त्यसको पूर्ण उपयोग गरेर म जनताको अपेक्षा अनुसार काम गर्न चाहन्छु।”

बजेटको अभाव परेको अवस्थामा पनि उहाँ प्रदेश र संघीय सरकारबाट स्रोत जुटाएर विकासकार्य अघि बढाउने दृढता व्यक्त गर्नुहुन्छ। “मायादेवीलाई सफा, स्वस्थ र समृद्ध बनाउनु मेरो लक्ष्य हो,” उहाँ भन्छन्।

अध्यक्ष मुसलमानको दृष्टिकोण स्पष्ट छ—”आठवटै वडाको समग्र विकास।” कसैलाई प्राथमिकता र कसैलाई उपेक्षा नगरी सबै वडामा समानरूपमा विकासको पहल गर्नु उहाँको मूल मन्त्र हो।

यदि कुनै कमजोरी देखिएमा उहाँ जनतालाई आग्रह गर्नुहुन्छ, “सिधै मलाई भन्नुहोस्, म सुधार गर्छु।” यस्तो विनम्रता र उत्तरदायित्वबोधले उहाँलाई जनताका आँखामा अझ विश्वासिलो बनाएको छ।

वलिउद्दिन मुसलमानको नेतृत्वमा मायादेवी गाउँपालिका समृद्धिको दिशामा अघि बढिरहेको छ। उहाँको दूरदर्शी सोच, निष्कलंक छवि, र कार्यदक्षताले गाउँपालिकाको उज्ज्वल भविष्य निर्माणमा आशा थपेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार