२०८३ जेष्ठ २९
नेपाली समय

हर्दी प्रिमियर लिग सिजन–२ भव्य रूपमा सुरु, खेलमार्फत युवालाई सकारात्मक दिशातर्फ अघि बढाउने सन्देश

२०८३ बैशाख २, बुधबार २०:२२

Advertisement 1

मर्चवार।रुपन्देहीको मर्चवार क्षेत्रमा हर्दी प्रिमियर लिग (HPL) सिजन–२ आजदेखि सुरु भएको छ। उद्घाटन समारोह उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको हो।

हर्दी प्रिमियर लिग (HPL) सिजन–२ क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राधेश्याम कुर्मीले गरेका हुन् ।

Advertisement 2

कार्यक्रममा प्रतियोगिताको व्यवस्थापन समितिका अध्यक्ष तथा आयोजक संस्था नवदीप सामाजिक सेवा केन्द्रका सचिव मौलेस दुबेले स्वागत मन्तव्य व्यक्त गर्दै खेलकुदले समाजमा अनुशासन, एकता र भाइचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले युवाहरूलाई खेलमार्फत आफ्नो प्रतिभा उजागर गर्न आग्रह गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

Advertisement 3

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष राधेश्याम कुर्मीले खेलकुदले युवालाई दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक सोच र नेतृत्व विकासमा सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले स्थानीयस्तरमा लुकेका प्रतिभाहरूलाई बाहिर ल्याउने अवसर प्रदान गर्ने उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक धन बहादुर रावलले खेलकुदले समाजमा शान्ति, अनुशासन र सहकार्यको भावना विकास गर्ने बताउँदै खेललाई निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो।

यसैगरी, इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र बिष्टले युवाहरूलाई खेलतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताको आवश्यकता रहेको उल्लेख गर्दै खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने धारणा राख्नुभयो।

उहाँले खेलाडीहरूलाई अनुशासन र खेल भावना कायम राख्न विशेष आग्रह गर्नुभयो।कार्यक्रममा सशस्त्र बेस क्याम्प मुडिला करौताका प्रमुख, प्रहरी चौकी रोईनियाहवाका प्रमुख, वडा सदस्यहरू बकसिस मुसलमान, अमरावती देवी लोध, इन्द्रावती धवल, काशीम मुसलमान लगायत खेलाडी तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताले मर्चवार क्षेत्रका युवाहरूमा खेलप्रति उत्साह थप्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125