२०८३ भाद्र २५
नेपाली समय

“पूर्व नगर उपमेयर वासुदेव कसौधन परिवार द्वारा २ लाख २१ हजार रुपैयाँ सहयोग

२०८३ भाद्र १६, मंगलवार १३:०६

बाढीपीडितको उद्धार तथा राहतका लागि कपिलवस्तुका कसौधन परिवारद्वारा २ लाख २१ हजार रुपैयाँ सहयोग

कपिलवस्तु । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि कपिलवस्तुको तौलिहवा निवासी कसौधन परिवारले २ लाख २१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

Advertisement 1

तौलिहवाका व्यवसायी तथा समाजसेवीहरू पूर्व कपिलवस्तु नगरपालिका उपप्रमुख वासुदेव कसौधन, पूर्व तौलिहवा उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोष कसौधन र समाजसेवी अमरदीप कसौधनको परिवारले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।

देशका विभिन्न क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरूको जनजीवन प्रभावित भएकाले मानवीय दायित्व र सामाजिक उत्तरदायित्वबोध गर्दै सहयोग गर्ने निर्णय गरिएको कसौधन परिवारले जनाएको छ।

Advertisement 2

कसौधन परिवारका अनुसार उक्त २ लाख २१ हजार रुपैयाँ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतममार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोष वा सम्बन्धित आधिकारिक राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिनेछ।

संकटको यस घडीमा बाढीबाट प्रभावित परिवारलाई राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको परिवारले जनाएको छ। साथै, आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा निरन्तर सक्रिय रहने प्रतिबद्धता कसौधन परिवारले व्यक्त गरेको छ।

Advertisement 3

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा समुदायबाट सहयोग जुटिरहेका बेला कसौधन परिवारको यो सहयोगले मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार


Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125