२०८३ भाद्र २५
नेपाली समय

भोटेकोशी बाढीका मृतकप्रति मायादेवीको श्रद्धाञ्जली, गाउँपालिका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइयो”

२०८३ भाद्र २२, सोमबार ११:४२

कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान तथा शोक व्यक्त गर्दै सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा कपिलवस्तुको मायादेवी गाउँपालिकाले पनि आज राष्ट्रिय झण्डा आधा झुकाएको छ।

Advertisement 1

सरकारको निर्णयअनुसार आज २२ भदौ २०८३ गते देशभर राष्ट्रिय शोक दिवस मनाइँदैछ। भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गर्न देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको हो।

सोही निर्णयअनुसार मायादेवी गाउँपालिकाको कार्यालय परिसरमा गाउँपालिका अध्यक्ष वलिउद्धिन खानको उपस्थितिमा राष्ट्रिय झण्डा आधा झुकाइएको हो। कार्यक्रममा योजना शाखाका रामकृष्ण तेली, इन्जिनियर मनोज चौधरी, सब–इन्जिनियर कौशल चौधरी, रोजगार शाखा प्रमुख सुरेन्द्र चौधरी, सूचना प्रविधि अधिकृत रामचन्द्र चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र यादव, लेखा अधिकृत जटाशंकर पाण्डेय लगायत गाउँपालिकाका सम्पूर्ण अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

Advertisement 2

राष्ट्रिय शोकको अवसरमा झण्डा आधा झुकाउनु विपद्मा ज्यान गुमाएका नागरिकप्रति राज्यको सम्मान, पीडित परिवारप्रतिको ऐक्यबद्धता र दुःखमा राष्ट्र एकसाथ उभिएको सन्देशका रूपमा लिइएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीपछि उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिइएको छ। सरकारले सो विपद्मा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो।

Advertisement 3

मायादेवी गाउँपालिकाले पनि राष्ट्रिय शोकको उक्त निर्णयलाई आत्मसात् गर्दै कार्यालय परिसरमा राष्ट्रिय झण्डा आधा झुकाएर बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाएको हो।

सरकारले राष्ट्रिय शोक दिवसका दिन देशभरका सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। यसैअनुसार स्थानीय तहदेखि केन्द्रीय सरकारी कार्यालयसम्म शोक दिवस मनाइएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार


Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125