मिति: २०८३ वैशाख २२ गते, कपिलवस्तु
Advertisement 1
“विश्वकै दोस्रो मानव निर्मित तालका रूपमा चिनिएको जगदीशपुर ताल आज कपिलवस्तुको गौरव मात्र होइन, प्राकृतिक सौन्दर्य र जैविक विविधताको जीवित पहिचान बनेको छ।”
यसै ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको जगदीशपुर तालमा डुङ्गा सञ्चालनका लागि जगदीशपुर जलाशय बहुसरोकार मञ्चद्वारा आयोजित सिलबन्दी बोलपत्र प्रक्रियामार्फत यस वर्ष बिनोद पलले ठेक्का प्राप्त गरेका छन्।
Advertisement 2
यसअघि पनि उक्त जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका पलले यस वर्ष पुनः अवसर पाउँदै पर्यटन प्रवर्द्धनलाई थप उचाइमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार जगदीशपुर ताललाई अझ आकर्षक पर्यटकीय गन्तव्य बनाउने, स्थानीय थारु समुदायको होमस्टे प्रवर्द्धन गर्ने तथा होटल व्यवसायलाई आर्थिक रूपमा मजबुत बनाउने लक्ष्य रहेको छ।
उक्त प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण निकायप्रति आभार व्यक्त गर्दै उनले स्थानीय जनप्रतिनिधि, प्रशासन, वन कार्यालय, सञ्चारकर्मी, संघसंस्था तथा सिँचाइसँग सहकार्यको अपेक्षा समेत राखेका छन्।
Advertisement 3
सम्बन्धित सबै पक्षको साथ र समन्वयले जगदीशपुर क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र कपिलवस्तुको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस्