२०८३ बैशाख ४
नेपाली समय

विशेष

मर्चवार मा एक महिलाको शव जलेको अवस्थामा फेला परेका छ ।

२०८२ जेष्ठ २६, आईतवार १०:१३
रुपन्देही/मर्चवार 

रुपन्देही जिल्लाको समरीमाई गाउँपालिका वडा नं ५ थुम्हावा पाण्डे डीह गाउँ नजिकै एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मिति २०८१/०२/२५ गते अन्दाजी बिहान १:४५ बजे प्रहरी चौकी रोइनिहवा लाई सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। गाउँको पश्चिमतर्फ करिब ५०० देखि १००० मिटर टाढा, दानव नदीको छेउमा रहेको खेतमा अन्दाजी २५ वर्षीय महिलाको शव जलेको अवस्थामा फेला परेको थियो। 

सूचना प्राप्त भएपछि प्रहरी चौकी रोईनियहवा ले सम्बन्धित इलाका प्रहरी कार्यालय मर्चवार र जिल्ला प्रहरी कार्यालय रूपन्देही लाई सूचना दिएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रमुख प्रदिप क्षेत्री को टोली र इलाका प्रहरी कार्यालय मर्चवार को प्रमुख धनदेव साउद को टोली तत्काल घटनास्थलमा पुगेको थियो। महिलाको पति र उसको ससुरा ले पहिचान गरेपछि महिलाको नाम सिर्जना पाल खुल्ला भएको छ। उहाँको पतिको नाम अन्दाजी २७ वर्षीय प्रमोद पाल र ससुराको नाम तौलन पाल रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। अहिले मृतक शवलाई पोस्टमार्टम को लागि भैरहवाको भीम अस्पतालमा पठाइएको छ। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ भने मृतकको परिवार र समुदायका सदस्यहरू पीडित अवस्थामा छन्। यस घटनासँग सम्बन्धित व्यक्ति वा कारणको खुलासा हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। 

धेरै पढिएको

सम्बन्धित समाचार