२०८३ श्रावण ११
नेपाली समय

विशेष

वृन्दावनको हर्षाहामा स्वास्थ्य चौकी भवनको शिलान्यास

२०७९ चैत्र ११, शनिबार २१:०३

 

प्रदीप दास, रौतहट।

चैत्र ११ गते , शनिबार।

 

रौतहट जिल्लाको उत्तरी भेगमा अवस्थित विकासोन्मुख नगर वृन्दावन नगरपालिका वडा नम्बर – ६ हर्षाहामा चरकोठे स्वास्थ्य चौकी भवनको आज शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

 

वृन्दावन नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा नगर प्रमुख बिनोद प्रसाद पटेल र उप नगर प्रमुख संगीता कुमारी रामले सँयुक्त रूपमै चारकोठे स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभयो । भवनको शिलान्यास पछि नगर प्रमुख पटेलले वडा नम्बर ६ का जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।

 

उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । स्वास्थ्य चौकीको नयाँ भवन बन्न थालेसंगै लामो समयको प्रतीक्षापछि भवनको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । नयाँ भवनसंगै सेवामा वृद्धि गर्न सकिने नगर प्रमुख पटेलले जानकारी दिनुभयो ।

 

नागरिकको स्वास्थ्य सेवाका लागि गाउँको सडक छेउमै भवन बन्न थालेकाले नागरिकलाई सहज हुँने वडाध्यक्ष मजहर मन्सुरले बताउनु भयो ।गर्भवती जाँच र परिवार नियोजनको परिक्षण र सल्लाह दिनकालागि गोप्य कोठा समेतको बिस्तारै सेवा प्रदान हुने बताउनुभयो ।

 

उक्त चरकोठे स्वास्थ्य चौकी भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष रामनाथ सहनी,मजहर मन्सुर,रवीन्द्र प्रसाद साह, जगरनाथ प्रसाद पाल र मो . प्रवेज आलमको सहभागिता रहेको थियो । साथै स्थानीय जनता ,स्वास्थ्यकर्मी,पत्रकार ,नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125