कपिलवस्तु । प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिष शर्माले स्थानीय विकास, जनचासो र आगामी प्राथमिकताबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित जनताको घर–आँगनमै पुग्ने अभियान सुरु गर्ने भएका छन्।
माघ १९ गते सोमबार बिहान ९ बजेदेखि सुरु हुने भेटघाट कार्यक्रम भडसडवाबाट प्रारम्भ भई मौवारी टोल, वनकटवा, भुषाल टोल, घरबुदिया, चेतिया, भड्डिहवा हुँदै पदमपुर, वरवा, चितलपुर, उत्तर चेतिया, हथौसा, देउवापार, मैनहरी, मैरी र मर्थी पार गर्दै ओदारीमा पुगेर समापन हुनेछ।
कार्यक्रममा स्थानीय बुवा–आमा, दिदीबहिनी, दाजुभाइ तथा शुभचिन्तकहरूसँग प्रत्यक्ष छलफल, संवाद र सुझाव संकलन गरिनेछ। “जनताको आवाज नै हाम्रो नीति र एजेन्डाको आधार हो,” भन्दै शर्माले यो अभियानलाई जनभावनासँग जोडिएको साझा प्रयासको रूपमा अघि बढाइने बताएका छन्।
जनतासँगै सोच्ने, जनतासँगै हिँड्ने र जनताकै आवाजलाई संसदसम्म पुर्याउने संकल्पका साथ गरिएको यो पहलले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्