२०८३ भाद्र ९
नेपाली समय

विचार

सीमा क्षेत्रमा खटिएका १८ प्रहरीमा कोरोना

२०७७ श्रावण १०, शनिबार ०८:४९

झापा : पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोना संक्रमण देखिएको भएको छ। संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए । यसअघि पनि काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार थपिएका मध्ये सशस्त्र प्रहरीका १७ पुरुष र १ महिला छन् ।२ जनामा संक्रमण देखिएपछि साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो। 

संक्रमण देखिएका सबैलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पतालमा लागिएको छ। शुक्रबार साँझ सम्ममा झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ । चौलागाईँका अनुसार संक्रमण देखिएका सबैको अवस्था सामान्य छ । हालसम्म जिल्लामा २ सय ९९ जना भने निको भएर घर फर्किसकेका छन् ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125