२०८३ श्रावण १२
नेपाली समय

राजनीति

कपिलवस्तुको पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला, सेनाको टोली खटियो

२०८२ जेष्ठ १७, शनिबार १०:५६

 

एन टी एन ब्युरो | २०८२ जेष्ठ १७, शनिबार

 

कपिलवस्तु — कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेको छ। कृषि विकास बैङ्कको अगाडि सडक किनारमा तारले बेरेर राखिएको अवस्थामा फेला परेको उक्त कुकर शङ्कास्पद देखिएपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो।

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टका अनुसार, उक्त शङ्कास्पद वस्तुको डिस्पोजल प्रक्रिया अगाडि बढाइएको छ। उनले भने, “नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा खटिएको छ, यतिखेर बम डिस्पोजको तयारी भैरहेको छ।”

 

फेला परेको शङ्कास्पद वस्तुमा टाँसिएको पर्चामा धम्कीपूर्ण भाषा प्रयोग गरिएको देखिन्छ। पर्चामा लेखिएको छ, “दलालहरू, जग्गा लुटपाट गर्ने तिमीहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ” भन्ने चेतावनी दिइएको छ।

 

घटनास्थलमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिसँगै, स्थानीयहरूलाई सतर्क रहन आग्रह गरिएको छ। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

 

  1. [फोटो क्याप्शन: कपिलवस्तुको पकडीमा फेला परेको शङ्कास्पद प्रेसर कुकर बम | फोटो स्रोत: एन टी एन ब्युरो].. साभार
धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125