२०८३ श्रावण १२
नेपाली समय

राजनीति

सरकारद्वारा रासायनिक मल उत्पादन कारखाना स्थापनाको प्रक्रिया अघि बढाइयो

२०८२ जेष्ठ १४, बुधबार १८:२८

 

काठमाण्डौं, नेपाल – खेतीपातीको सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकार अब नेपालमै रासायनिक मल उत्पादन कारखाना खोल्ने तयारीमा जुटेको छ।

 

सरकारको लगानी बोर्डको ६३औँ बैठक हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त बैठकले रासायनिक मल उत्पादन कारखाना स्थापना गर्न अन्तिम विस्तृत सम्भाव्यता अध्ययन (DPR) प्रतिवेदनलाई अघि बढाउने निर्णय गरेको छ।

 

बैठकमा विभिन्न मन्त्रालयका मन्त्री तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा भविष्यमा कृषि उत्पादन वृद्धि गर्न र कृषकहरूलाई मल अभावबाट मुक्त गराउनका लागि स्वदेशमै मल उत्पादनको आवश्यकता रहेको धारणा व्यक्त गरिएको थियो।

 

सरकारको यो निर्णयसँगै नेपालमा दीर्घकालीन रुपमा मल अभावको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125