२०८३ श्रावण १२
नेपाली समय

समाज

नवराज अधिकारीको आगमनसँगै उपत्यका ट्राफिकमा नयाँ आशा

२०८२ जेष्ठ १९, सोमबार १५:२२

एसएसपी नवराज अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं, जेठ १९ गते – काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका नयाँ प्रमुखको रुपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले आजबाट पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहणको अवसरमा आयोजित स्वागत कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दिपक गीरीले हालसम्म ट्राफिक प्रहरीले सञ्चालन गरेका गतिविधिहरु, उपलब्धि र भावी योजना बारे जानकारी गराउनुभयो।

पदभार सम्हाल्दै एसएसपी अधिकारीले ट्राफिक प्रहरीले निरन्तरता दिँदै आएको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै, सडक प्रयोगकर्ताको भावनालाई बुझेर थप उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समावेशी र त्रुटीरहित सेवा प्रदान गर्न ट्राफिक प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ।

ट्राफिक व्यवस्थापनमा पारदर्शिता, उत्तरदायित्व र जनमैत्री सेवा प्रवाहका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एसएसपी अधिकारीले जनताको विश्वास जित्ने गरी कार्य गर्ने उल्लेख गर्नुभयो।

स्वागत कार्यक्रममा विभिन्न प्रहरी अधिकृतहरु, कार्यालयका कर्मचारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

📸 फोटोमा: एसएसपी नवराज अधिकारी पदभार ग्रहण गर्दै।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125