पत्रकार शिशिर मिश्रलाई ज्यान मार्ने खुला धम्की: लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का इरफान खाँनद्वारा आपत्तिजनक पोस्ट सार्वजनिक
लुम्बिनी –
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ स्थित गड्डीडिहवा निवासी इरफान खाँनले सामाजिक सञ्जालमार्फत पत्रकार शिशिर मिश्रलाई ज्यान मार्ने खुला धम्की दिएका छन्। उनले फेसबुकमा सार्वजनिक रूपमा अत्यन्तै आपत्तिजनक, अभद्र र हिंसात्मक भाषा प्रयोग गर्दै उक्त पत्रकारलाई “जहाँ भए पनि मार्ने” चेतावनी दिएका छन्।
इरफान खाँनको पोस्टमा उल्लेख गरिएको छ
कि उनलाई प्रहरीले पनि बचाउन नसक्ने दाबी गरिएको छ। साथै, पोस्टमा प्रयोग गरिएको भाषा सम्पूर्ण रूपमा घृणास्पद, गालीगलौजयुक्त र जातीय तथा सामाजिक सद्भाव विघटन गर्ने खालको छ। यस्तो पोस्टले नेपाली समाजमा शान्ति, सद्भाव र पत्रकारिताको स्वतन्त्रतामाथि गम्भीर आक्रमण गरेको देखिन्छ।
साइबर अपराध अन्तर्गत कारवाहीको माग
यो पोस्ट नेपाल सरकारद्वारा लागू गरिएको सूचना प्रविधि ऐन २०६३ अन्तर्गतको साइबर अपराध (अनुच्छेद ४७, ४८ र ५०) मा स्पष्ट रूपमा पर्ने खालको अपराध हो। यस्ता अभिव्यक्तिलाई उक्साहट, धम्की, तथा जातीय/सामाजिक द्वेष फैलाउने प्रयोजनका रूपमा लिइएको छ।
पीडित पक्ष तथा आम जनसमुदायले यस्तो गम्भीर घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कानूनी कारवाही गर्न सम्बन्धित प्रहरी प्रशासन तथा साइबर ब्युरोलाई आह्वान गरेका छन्।
यदि भविष्यमा केही घट्यो भने…
भोलिको दिन पत्रकार शिशिर मिश्रमाथि कुनै किसिमको आक्रमण, दुर्घटना वा दुर्व्यवहार भयो भने, त्यसको सम्पूर्ण जिम्मेवारी सार्वजनिक रूपमै इरफान खाँनमाथि पर्न आउने स्पष्ट चेतावनीसमेत पीडित पक्षले दिएका छन्।


प्रतिक्रिया दिनुहोस्