कपिलवस्तु, कार्तिक १३
देशको विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आज आइतवार साझ अस्ताउने सूर्यलाई अर्घ्य दिइएको छ ।
कृष्णनगर नगरपालिकाको सेमराको पोखरीमा छठ घाट व्यवस्थापनका लागी कृष्णनगर नगरपालिकाले आवस्यक सहयोग दिदै आएको तथा छठ घाट व्यवस्थापनमा सहयोग रहने जानकारी नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताए।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत अाइतबार साँझ सूर्यलाई अर्घ्य दिएका छन l कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूसुवा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्
Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258