२०८३ श्रावण ११
नेपाली समय

विशेष

इप्रका कृष्णनगर लागु औषध बिरूद्ध आक्रमक बन्दै लागु औषध सहित यात्रुगेट बाट एक जना पक्राउ

२०८२ असार २५, बुधबार २२:०९

कृष्णनगर, कपिलवस्तु अषाढ २५

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।

 

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले अषाढ २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपाल

संकास्पद अबस्थामा आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई प्रहरीले पक्राउ गरेका छन् ।

 

शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र नेपाली १० रुपैयाले पोको पारी लुकाई छिपाई राखेको ३ पुरिया ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको थियो।

 

अषाढ २२ गते समेत लक्ष्मीनगर बाट लागु औषध सहित एक जना पक्राउ परेका थिए। लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक ईश्वर लौडारी आए देखि नै लागु औषध सेवनकर्ता तथा वेचविखन गर्ने बिरूद्ध अक्रमक रवैया अपनाएका तथा विभिन्न समयमा

लागु औषध बिरूद्ध विभिन्न प्रकारका समाजमा तथा विद्यालयमा विद्यार्थी लाई जनचेतना फैलाउदै

अएको कुरा आफैमा लागु औषध बिरूद्ध अभियान नै रहेको स्थानीय सामाजिक अभियन्ता हरू बताएका छन्।

 

पक्राउ परेका सुमन लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले जानकारी दिएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार

Deprecated: Automatic conversion of false to array is deprecated in /home/dhurb098ba/public_html/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125