२०८३ बैशाख ४
नेपाली समय

जनताका लागि जे पनि गर्न तयार छु: थापा

२०८२ माघ २६, आईतवार ०८:५५

“परिवर्तन भाषणले होइन, बलिदानले हुन्छ” — कपिलवस्तु–२ बाट विक्रम सिंह थापाको चुनौतीपूर्ण घोषणा

Advertisement 1

कपिलवस्तु ।

“परिवर्तनको सुरुवात मैले आफैँबाट गरेको हुँ,” यही आत्मविश्वासका साथ कपिलवस्तु क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार विक्रम सिंह थापा चुनावी मैदानमा उत्रिएका छन्। चुनाव चिन्ह ‘घन्टी’ लिएर जनताको ढोका–ढोका पुगिरहेका थापाले संघर्ष, त्याग र विद्रोह बिना साँचो परिवर्तन सम्भव नहुने स्पष्ट सन्देश दिइरहेका छन्।

Advertisement 2

पूर्व एसएसपीसमेत रहेका थापाले देश र समाजका लागि लामो समय सुरक्षा क्षेत्रमा सेवा गरेपछि अब प्रत्यक्ष जनसेवाको बाटो रोजेको बताएका छन्। “मेरो जनता नै मेरो सर्वस्व हो,” भन्दै उनले जनताको हक, सम्मान र सुरक्षाका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताएका छन्।

उनका अनुसार आज देशमा देखिएको निराशा, भ्रष्टाचार र बेथितिको अन्त्य भाषणले होइन, इमानदार नेतृत्व र साहसी निर्णयले मात्र सम्भव छ। त्यसका लागि आफू पुरानो सोच, डर र सम्झौताविरुद्ध उभिएको उनको दाबी छ।

Advertisement 3

स्थानीय युवाहरू, बुद्धिजीवी र सर्वसाधारणबीच थापाको स्पष्ट बोली र अनुशासित छविले सकारात्मक चर्चा पाउन थालेको छ। “अब प्रयोग होइन, प्रमाणित नेतृत्व चाहिन्छ,” भन्दै मतदाताहरूले घन्टी चिन्हप्रति चासो देखाउन थालेका छन्।

  • थापाले अन्त्यमा भने, “जनताको भरोसा जित्न सकेँ भने, म जनताको सेवामा कुनै सम्झौता गर्ने छैन।” कपिलवस्तु–२ मा यसपटकको चुनाव परिवर्तन बनाम परम्परागत राजनीतिबीचको संघर्ष बन्ने संकेत देखिएको छ।
धेरै पढिएको

सम्बन्धित समाचार