२०८३ बैशाख २
नेपाली समय

कपिलवस्तुमा बढ्दो तनावपछि कडा सन्देश: दोषीलाई डिजिटल ट्र्याकिङमार्फत पत्ता लगाई कारबाहीको चेतावनी

२०८२ चैत्र ८, आईतवार १४:३५

कपिलवस्तु — महाराजगञ्ज नगरपालिका भित्र हिजो घटेको घटनाले जिल्लामा चर्किएको तनावका बीच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आयोजना गरेको सर्वपक्षीय बैठकमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विक्रम सिंह थापाले कडा र स्पष्ट सन्देश दिनुभएको छ।

Advertisement 1

थापाले सामाजिक सद्भाव विथोल्ने कुनै पनि गतिविधि सह्य नहुने भन्दै सम्पूर्ण समुदायलाई संयमता अपनाउन आग्रह गर्नुभयो। “समाजलाई विभाजनतर्फ धकेल्ने तत्वहरूलाई अब प्रविधिको घेराभित्र ल्याइनेछ,” उहाँले चेतावनीपूर्ण भाषामा भन्नुभयो।
उहाँले घटनामा संलग्न दोषीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी पहिचान गरेर कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै कडा भन्दा कडा कारबाहीको माग गर्नुभयो। “अब लुकेर अपराध गर्ने दिन सकिएको छ,” उहाँको भनाइ थियो, “प्रविधिले सबै देख्छ, राज्यले कारबाही गर्छ।”
बैठकमा सहभागी अन्य सरोकारवालाहरूले पनि शान्ति र सहिष्णुता कायम राख्न संयुक्त प्रतिबद्धता जनाएका छन्। पछिल्लो घटनाले सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै प्रशासनले स्थिति नियन्त्रणमा लिन उच्च सतर्कता अपनाएको जनाएको छ।
स्थानीयस्तरमा फैलन सक्ने सम्भावित द्वन्द्वलाई रोक्न सुरक्षा निकायलाई समेत तयारी अवस्थामा राखिएको छ। प्रशासनले अफवाह नफैलाउन र यथार्थ जानकारीमा मात्रै विश्वास गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
कपिलवस्तुको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै अबका दिनमा कुनै पनि उक्साहट वा अराजक गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिने प्रशासनको स्पष्ट संकेत

धेरै पढिएको

सम्बन्धित समाचार