२०८३ बैशाख २
नेपाली समय

रजवापुरमा भलिबल प्रतियोगिता सुरु — युवामा ऊर्जा र एकताको सन्देश

२०८२ चैत्र २५, बुधबार १२:३८

 

Advertisement 1

मायादेवी गाउँपालिका–वडा नं – ६- रजवापुरमा आजबाट रजवापुर भलिबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य तथा प्रमुख अतिथि अतहर कमाल मुसलमानले गर्नुभएको हो।

उद्घाटन समारोहमा मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन खान विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै प्रस्तावित सीमा सुरक्षा गुल्म चाकरचौडाका प्रमुख नायब उपरीक्षक बसन्त धिताल, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक सुभाष खतीवडा, खेलका रेफ्रीहरू हिन्दराज चौधरी, अनुप चौबे, बलिराम यादव, तुफेल खान, फजलु रहमान, अब्दुल रौफ खान र बिरेन्द्र गौतम लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement 2

उद्घाटन समारोहसँगै प्रतियोगिता सुरु भएको जानकारी आयोजक समितिका अध्यक्ष गुलजार खानले दिनुभयो। उहाँका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।

आजको पहिलो खेल रजवापुर र सेमरीबीच हुँदैछ, जसले प्रतियोगितामा थप रोमाञ्चकता थप्ने अपेक्षा गरिएको छ।

Advertisement 3

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अतहर कमाल मुसलमानले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले समाजमा सद्भाव, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई खेल भावना अनुसार प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो।

धेरै पढिएको

सम्बन्धित समाचार