२०८३ बैशाख ४
नेपाली समय

शुद्धोधन गाउँपालिका–३ मा भेटघाट कार्यक्रम सुरु, स्वतन्त्र उम्मेदवार आशिष शर्माको जनसम्पर्क तीव्र

२०८२ माघ २६, आईतवार १०:०१

 

Advertisement 1

कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार आशिष शर्माले शुद्धोधन गाउँपालिका वडा नम्बर ३ मा भेटघाट तथा जनसम्पर्क कार्यक्रम सुरु गरेका छन्। वडाका टोल–टोलमा पुग्दै शर्माले स्थानीय जनता, युवा, किसान तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा राखिरहेका छन्।

भेटघाटका क्रममा शर्माले भ्रष्टाचारमुक्त शासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यको सुधार तथा युवाको नेतृत्वमा परिवर्तन अपरिहार्य भएको बताएका छन्। “अब भाषण होइन, काम गर्ने नेतृत्व चाहिन्छ,” भन्दै उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।

Advertisement 2

स्थानीय बासिन्दाले पनि लामो समयपछि फरक सोच, नयाँ ऊर्जा र जनतासँगै हिँड्ने उम्मेदवार भेटिएको प्रतिक्रिया दिएका छन्। घरदैलो र भेटघाट अभियानले वडामा आशा र भरोसाको माहोल सिर्जना भएको देखिन्छ।

चुनाव चिन्ह जीप लिएर मैदानमा उत्रिएका आशिष शर्माको जनसम्पर्क अभियान दिनानुदिन थप प्रभावशाली बन्दै गएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार