२०८३ बैशाख ३
नेपाली समय

“चरित्र हत्या होइन, जनतामाथि विश्वास गरेर भोट माग्दै छु : आशिष शर्मा”

२०८२ माघ २७, सोमबार १४:४७

चरित्र हत्या होइन, जनतामाथि विश्वास गरेर भोट माग्दै छु : स्वतन्त्र उम्मेदवार आशिष शर्मा

Advertisement 1

मायादेवी गाउँपालिका

स्वतन्त्र उम्मेदवार आशिष शर्माले आफू कसैको चरित्र हत्या गरेर वा अरूलाई नराम्रो भन्दै भोट माग्ने राजनीतिमा विश्वास नगर्ने स्पष्ट पारेका छन्। “जनता आफैं विज्ञ छन्। कसले के गर्‍यो, कसले के गरेन—सबै कुरा जनताले देखिरहेका छन्,” उनले भने।

Advertisement 2

घरदैलो अभियानका क्रममा शर्माले जनताको विश्वास तोड्ने काम आफूले नगरेको दाबी गर्दै भने, “जित हुन्छ कि हुँदैन थाहा छैन, तर जनताको विश्वासघात गर्ने म होइन।” उनका अनुसार आफू जनताबीच केवल एक मौका माग्दै आएका हुन्, र त्यो मौका जनताले अवश्य दिने पूर्ण विश्वास उनको छ।

शर्माले केही उम्मेदवार घरघर जान नसकेको संकेत गर्दै भने, “कसैभित्र त घरघर जान सक्ने आँटसमेत छैन। भाषण गर्नु मेरो काम होइन। मेरो काम जनताको घरमा पुग्नु हो।” उनले हरेक घरमा पुगेर जनताका गुनासा सुन्दै आएको र त्यही नै आफ्नो राजनीतिक बाटो भएको बताए।

Advertisement 3

उनले थपे, “म कसैलाई पैसा दिएर वा लोभ देखाएर आफ्नो पक्षमा ल्याइरहेको छैन। निस्वार्थ रूपमा जनताले साथ दिएका छन्, र म पनि निस्वार्थ रूपमा चुनाव लडिरहेको छु।” जनताबाट पाएको माया, स्नेह र समर्थन नै आफूका लागि पर्याप्त भएको उनको भनाइ छ।

“जनताको मनमा बस्न सफल भइरहेको छु भन्ने आशा बोकेर म हरेक वडाको हरेक घरमा गइरहेको छु,” शर्माले भने, “जनताको आशिर्वाद नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

धेरै पढिएको

सम्बन्धित समाचार