कपिलवस्तु, चैत्र ६
Advertisement 1
कृष्ण अग्रहरी,
कपिलवस्तु नगरपालिका -७ बरगदवामा स्थित श्री पार्वती आधारभूत विद्यालयमा RAN संस्था द्वारा कक्षा १ देखि ५ सम्मको बालबालिकालाई शैक्षिक सामग्री तथा उनीहरूका अभिभावकलाई खाद्यान्न वितरण गरिएको छ ।
Advertisement 2
कपिलवस्तु नगरपालिका-७ का वडा सदस्य फुलमती कोरी को अध्यक्षता, रवेन्द्र सिंह रावलको प्रमुख आतिथ्यता यस विद्यालयका संस्थापक एवं जग्गादाता रामदास चौधरीको विशिष्ट आतिथ्यता र कार्यक्रममा श्री पार्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शम्भु कुर्मीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ६२ जना विद्यार्थीहरुलाई टोपी, स्वीटर, कापी, कलम, ड्रेस, जुत्ता, झोला र पेन्सिल लगायत शैक्षिक सामग्री प्रदान गरिएको थियो। उक्त विद्यार्थीहरु को ५१ जना अभिभावकहरुलाई चामल र तेल वितरण गरिएको विद्यालयले जनाएको छ ।
Advertisement 3

यसैगरी स्थापनाकाल देखि जयप्रकाश पाण्डे , रामशरण चौधरी, राम किसुन चौधरी निकै नै ठूलो भूमिका परिश्रम र निस्वार्थ भावनाले समाजलाई शैक्षिक उन्नति तथा शैक्षिक हिसाबले पछडिएका क्षेत्रलाई शैक्षिक उजागर गर्ने लक्ष्य लिएर अगाडि बढ्नुभएको थियो।
जग्गादाता रामदास चौधरीले विद्यालयलाई स्थापना गर्नुभएको थियो।
विद्यालय २०६२ सालको स्थापनादेखि अहिलेसम्म मलाई विद्यालयमा नबोलाएको अवस्था रहेको थियो। तर आज मलाई विद्यालयमा निम्ताउनुभयोमा म एकदमै गौरवशाली तथा एकदम खुशी महसुस गर्दै छु। भन्दै जय प्रकाश पाण्डेले आफ्नो मार्मिक विचार राख्नुभएको थियो।
निकै पीडाका साथ ढाई वर्षसम्म निस्वार्थ भावनाले र एक सुका नलिकन यस क्षेत्रका विद्यार्थीहरूमा ज्ञानको ज्योति जलाउने लक्ष्य लिएर यस विद्यालयमा अध्यापन गरेकोमा र अहिले पनि यस विद्यालयलाई उति नै माया प्रेम र लगनशीलता रहेको शिक्षक रामशरण चौधरीले भावुक हुँदै आफ्नो मन्तब राख्नुभएको थियो। त्यसैगरी राइट टु एक्सेस नेपालका विनोद पौडेलले शैक्षिक सामग्री वितरण गरेका छन् र विद्यार्थीहरू विद्यालय छोड्ने प्रवृत्ति बढ्दै गएको हुनाले यो कार्यक्रम लागू गरेको बताउनुभएको छ। बालबालिकाको अध्ययनप्रति रुचि र उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो ।
यस विद्यालयका पूर्व शिक्षक राम किसुन चौधरीले विद्यालयलाई अझ सक्षम र प्रभावकारी बनाउन स्थानीय समुदायको साथ तथा अभिभावकको सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रवेन्द्र सिंह रावलले शिक्षामा गरिएको लगानीले समाजलाई समुन्नत बनाउने भएकाले यस क्षेत्रमा सबैको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो । र उक्त विद्यालयको शिक्षिका यमकला भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।



प्रतिक्रिया दिनुहोस्