२०८३ बैशाख ३
नेपाली समय

वर्षाले किसान खुसी 

२०७८ पुष १६, शुक्रबार १०:२५

सुशील गैरे कपिलवस्तु,

Advertisement 1

मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगाएत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ ।

पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएको चिन्ता मानेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ भेलाईका बड्घर(अघुवा) साधुराम थारुले बताए । वर्षाले खेतमा छरेका गहुँलाई राम्रो हुने उनले बताए। यसपाली समयमै गहुँले पानी पाएकाले उब्जनी राम्रो हुने हुनको भनाई छ ।

धेरै पढिएको

सम्बन्धित समाचार