२०८३ बैशाख ४
नेपाली समय

रुपन्देही युवा समूहद्वारा छैठो पटक हिरोज आफ पब्लिक अवार्ड हुँदै ।

२०८१ जेष्ठ २५, शुक्रबार २०:३५

 

Advertisement 1

रुपन्देही युवा समूह एउटा विशुद्ध राजनैतिक समूह हो। यो समूह‌ अति विपन्न गरिब, दलित, पछडिएको समुदायको मान्छेहरूको लागि मसिहाको रूपमा उभ्रेको छ । विभिन्न संकटकाल मा यसले जनताहरूको साथमा कदम बाट कदम मिलाएर हिँडेको संस्था हो । यसले कोरोना काल मा, अति विपन्न गरिबहरूलाई, आगलागि समयमा जस्ता विभिन्न संकटकालमा यसले जनताहरूको बीचमा गएर उनीहरूको हौसला बढाएर र साथसाथै सक्दो मद्दत पनि गरेको छ । यही सबैलाई मध्यनजर राखेर रूपन्देही मा लुकेर रहेको हिरोज हरु लाई एउटा सम्मानको निम्ति यसले समय समय मा उनीहरुलाई अवार्ड दिएर प्रोत्साहन गर्ने गर्दछ । यस समूहको रूपन्देहीको प्रेसिडेन्ट विशाल गुप्ता भन्छन् युवा हाम्रो देशको कण हुन्, यहाँहरूबाट हाम्रो देशको भविष्य पुराणमा वर्णित हुनेछ , त्यसैले जसले आफ्नो समुदायमा रहेर राम्रो कार्य गरिरहेको छन् भने उनीहरूलाई प्रोत्साहन गरेर उत्प्रेरित गर्ने भविष्यमा अरु राम्रो गर्छन् भन्ने विचारले हामी यो कार्यक्रम वर्षौ वर्ष गर्छौं । यस वर्ष २०८१ म पनि हिरोज आफ पब्लिक अवार्डको हामी आयोजना गर्ने विचार बनाइरहेका छौँ । छिट्टै यसबारे मितिको साथमा हामी हजुरहरु समक्ष पेश गर्नेछौँ।

धेरै पढिएको

सम्बन्धित समाचार